आज संविधान दिवस

काठमाडौं– आज चाैथाे संविधान दिवस । नेपालमा नयाँ संविधान जारी भएको ३ वर्ष पुरा भएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपालीप्रति शुभकामना व्यक्त गरेका छन् । 

संविधान दिवसका अवसरमा एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले आन्दोलनमा ज्यान गुमाउनुभएका शहीदप्रति हादिक श्रद्धाञ्जलि अर्पण गर्दै मुलुकलाई विधिको शासनमा बाँध्न अतुलनीय योगदान गर्नुहुने सम्पूर्ण देशवासीप्रति हार्दिक आदर समेत व्यक्त गरे । 

यो दिवसलाई आज विभिन्न कार्यक्रम गरि मनाईदैछ । 

दोस्रो संविधान सभाले २०७२ साल असोज ३ गते संविधान जारी गरेको हो । यो नेपालको सातौं संविधान हो । यस संविधानमा ३५ भाग ३०८ वटा धारा र ९ वटा अनुसूचीहरु रहेका छन् ।

संविधान दिवसको अवसर पारेर सरकारले आज देशभर सार्वजनिक विदा समेत दिएको छ । 

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले समेत चौथो संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा सम्पूर्ण नेपाली शुभकामना व्यक्त गरेका छन् । 
 






  • प्रकाशित मिति : असोज ३, २०७५ बुधबार ७:३१:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया