गण्डकी प्रदेशका स्वतन्त्र प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे)ले नेपाली कांग्रेसमा प्रवेश गर्ने तयारी गरेका छन् ।
उनलाई केही दिनमा नै पार्टी प्रवेश गराउने गरी कांग्रेसले सम्झौता गरेको स्रोतले बताएको छ । यसको व्यवस्थापन काभ्रेमा कांग्रेसबाट प्रदेशसभा उम्मेदवार बनेका गणेश लामाले गरेको बताइएको छ ।
लामालाई लकडाउनका बेला काठमाडौंबाट पोखरा गएको भन्दै प्रहरीले केही दिनअघि पक्राउ गरेको थियो । उनी धरौटी बुझाएर अहिले छुटिसकेका छन् ।
गणेश लामालाई पोखरामा पक्राउ नगरेको भए दीपक मनाङेले कांग्रेसका पोखरेललाई समर्थन गर्ने सम्भावना नभएको बताइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।