बारबोरालाई फ्रेन्च ओपन टेनिसको उपाधि

चेक गणतन्त्रकी बारबोरा स्त्रेकोभाले फ्रेन्च ओपन टेनिस अन्तर्गत महिला एकल स्पर्धाको उपाधि हात पारेकी छन् ।

उनले शनिबार राति भएको फाइनलमा रसियन खेलाडी अनास्तासिया पाब्ल्युचेकोभामाथि २–१ सेटको रोमाञ्चक जित दर्ता गरेकी हुन् ।

पहिलो सेट ६–१ ले आफ्नो पक्षमा परेकी स्त्रेकोभाले दोस्रो सेट ६–२ ले गुमाइन् । 

तेस्रो तथा अन्तिम सेट ६–४ ले जित्दै स्त्रेकोभाले आफ्नो करयिरको पहिलो ग्रान्डस्लाम उपाधि हात पारिन् ।

स्त्रेकोभा ४० वर्षपछि फ्रेन्च ओपनको उपाधि चेक गणतन्त्र फर्काउन सफल भइन् ।

पछिल्लो पटक सन् १९८१ मा हाना मान्डलिकोभाले यो उपाधि हात पारेकी थिइन् ।





  • प्रकाशित मिति : जेठ ३०, २०७८ आइतबार १०:३४:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया