बाइडेन र पुटिनबीच वार्ता हुँदै, जुन १६ लाई तोकियो मिति

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्ने भएका छन् । जी सेभेन सम्मेलनका क्रममा राष्ट्रपति बाइडेनले रुसी समकक्षी पुटिनसँग भेट गर्ने भएका हुन् । 

राष्ट्रपतीय निर्वाचनको क्रममा रुसले हस्तक्षेप गरेको आरोपपछि तिक्ततापूर्ण सम्बन्ध भएका यी दुई शक्ति राष्ट्रप्रमुखहरूबीच बाइडेन अमेरिकी राष्ट्रपति भएपछि पहिलो पटक भेट हुन लागेको हो ।

बाइडेन र पुटिनबीच भेट जुन १६ बुधबार हुने तय भएको छ । समाचार संस्था रोयटर्सका अनुसार पुटिनसँगको भेटपछि राष्ट्रपति बाइडेनले एकल पत्रकार सम्मेलन गर्नेछन् । 

दुई राष्ट्रपति बीचको भेटका क्रममा आपसी सम्बन्धमा स्थिरता ल्याउने र भरपर्दो बनाउने विषयमा छलफल हुने आशा गरिएको छ । भेटमा पुटिन र बाइडेनले जलवायु परिवर्तन, कोभिड–१९ महामारीविरुद्धको लडाईँमा सहकार्य गर्ने विषयमा कुरा गर्न सक्ने बताइएको छ । 

दुई राष्ट्रपतिबीच भेटघाटमा भएका कुरालाई पारदर्शी रूपले सम्प्रेषण गर्न बाइडेनले एक्लै पत्रकार सम्मेलन गर्न लागेको समाचारमा जनाएको छ । यसअघि सन् २०१८ मा अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले पुटिनसँग फिनल्यान्डको हेल्सिन्कीमा संयुक्त पत्रकार सम्मेलन गरेका थिए ।





  • प्रकाशित मिति : जेठ ३०, २०७८ आइतबार ११:२४:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया