दीपक मनाङेबारे गुरुङको प्रतिक्रिया : चुनाव जिताएँ, राजनीति सिकाएँ, सबै डाँकु वाल्मीकि नहुँदा रहेछन्

गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफैंले मन्त्री बनाएका दीपक मनाङेले अन्तिममा आएर धोका दिएको बताएका छन्। मुख्यमन्त्रीबाट बाहिरिएपछि सरकारी निवास छाड्ने क्रममा पत्रकार सम्मेलन गर्दै गुरुङले  दीपक मनाङेले धोका दिएको गुनासो गरे। 

गुरुङले आफ्नै सहयोगमा सांसद पद जितेर आएको दाबी गरे। तर डाँकुको स्वभावका मनाङेलाई आफूले वाल्मीकि बनाउन नसकेको उनले बताए ।

मनाङेलाई आफूले दलको नेताको हैसियतले पहिला नै कारबाही गर्न सक्ने भए पनि राजनीतिमा स्थापना गराउन त्यसो नगरी राखेको उनको तर्क थियो।

‘सबै डाँकु वाल्मीकि नहुँदा रहनेछन्, धतुरोको बोट आँगनमा हुर्काएर अमृत दिँदैन, उसले पोलिटिक्स सिक्नु छ,’ गुरुङले अगाडि भने, ‘चुनाव जिताएर ल्याएको मैले नै हो, एमालेमा प्रवेश गराएको मैले नै हो, यो भन्दा ठूलो धोका अरु केही हुन सक्दैन।'





  • प्रकाशित मिति : जेठ ३०, २०७८ आइतबार १४:३५:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया