पर्सामा थप निषेधाज्ञा जारी
फरकधार / ३० जेठ, २०७८

पर्सामा थप निषेधाज्ञा जारी गरिएको छ । जारी भइरहेको निषेधाज्ञालाई थप एक सात लम्बाइ असार ६ गते मध्यरातिसम्म पुर्‍याएको छ । 

कोरोना संक्रमण फैलिन नदिनका लागि एक साता निषेधाज्ञा थपिएको प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले बताए ।

खाद्यवस्तु, तरकारी, दुग्ध पदार्थ, फलफुल लगायतका अत्यावश्यक सामग्रीका पसल बिहान १२ बजेसम्म खुल्न पाउनेछन् । यसभन्दा अगाडि बिहान ८ बजेसम्म मात्रै खुलेका थिए ।

पर्सामा गत वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको छ  । 

  • प्रकाशित मिति : जेठ ३०, २०७८ आइतबार १५:४:४१,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया