प्रहरीलाई कांग्रेस सांसदको धम्की : तिम्रो नाम के हो? एक दिन हिसाब किताब हुन्छ

नेपाली कांग्रेसका एकजना सांसदले ड्युटीमा खटिएका प्रहरी निरीक्षकलाई सार्वजनिक रुपमै धम्की दिएका छन्। गण्डकी प्रदेशसभास्थित नेपाली कांग्रेसका सांसद खेमलाल श्रेष्ठले नाम नै सोधेर प्रहरी निरीक्षक श्याम थापालाई 'हिसाब किताब' हुनै धम्की दिएका हुन्। 

नयाँ सरकार बनाउने रस्साकस्सीबीच हिजो शनिबार सांसद श्रेष्ठसहितको समूह मुख्यमन्त्रीमा नियुक्त कांग्रेस दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई भेट्न मुख्यमन्त्री कार्यालय जाने क्रममा विवाद भएको थियो। 

ठूलो समूह लिएर हिँडेका सांसद श्रेष्ठलाई स्थानीय प्रशासनले निषेधाज्ञाबारे सम्झाउँदा धम्की दिएका हुन्। गण्डकीमा कोरोना फैलिन नदिन जारी गरिएको निषेधाज्ञाबीच सरकार फेरबदल अभियान चलेको थियो। यस्तो अवस्थामा सांसदलाई हिँडडुल गर्न दिएर अरुलाई रोकिएको थियो। 

थापासहितको टोलीले सांसद श्रेष्ठसहित निस्किएको भिडलाई सम्झाउन खोज्दा उनले औँलो ठड्याउँदै धम्की दिएका हुन्। सांसद श्रेष्ठले धम्की दिएपछि थापा मगरले आफ्नो बर्दीको नाम नै देखाएर लेखेर राख्न चुनौती दिएका थिए। 

'तिम्रो नाम के हो? हामी हिसाब किताब राख्छौँ, हिसाब किताब हुन्छ' भनेर सांसद श्रेष्ठले धम्की दिएपछि प्रहरी निरीक्षक थापाले आफ्नो नाम याद गर्न भन्दै जवाफ दिएका थिए।  

भिडियो





  • प्रकाशित मिति : जेठ ३०, २०७८ आइतबार १५:४४:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया