बहुमतले पारित भयो लुम्बिनी सरकारको नीति तथा कार्यक्रम

लुम्बिनी सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम प्रदेशसभाबाट आइतवार पारित भएको छ। प्रदेशसभा बैठकको बहुमतले नीति तथा कार्यक्रम पारित गरेको हो ।

नीति तथा कार्यक्रम पारित भएपछि मुख्यमन्त्री शंकर पोखरेलले खुसी व्यक्त गरेका छन्। उनीमाथि कांग्रेस र माओवादीले अल्पमतमा रहेको बताइरहेका थिए। 

नीति तथा कार्यक्रम पारित भएसँगै अब लुम्बिनी सरकारलाई आगामी वर्षको बजेट ल्याउन पनि बाटो खुलेको छ। प्रदेश सरकारमा सहभागी सत्तारुढ एमालेका ३८ र जसपाका ४ सांसदले समर्थन गरेपछि सभामुख पूर्णबहादुर घर्तीले नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका हुन्। 

प्रदेशसभामा विपक्षी दलमा कांग्रेसका १९, माओवादीका १८, जसपा उपेन्द्र समूहका २ र जनमोर्चाका १ विपक्षी गठबन्धनमा रहेका छन्। 

विपक्षी दलहरुले सरकार अल्पमतमा रहेको भन्दै नीति तथा कार्यक्रम र बजेट ल्याउन नमिल्ने तर्क गरिरहेका थिए। तर प्रदेशसभाको बहुमतले नीति कार्यक्रम पारित भएको हो।

यसअघि  विपक्षी दलले मुख्यमन्त्री शंकर पोखरेलमाथि सरकारको वैधानिकताबारे उठाएका प्रश्नको जवाफ दिएका थिए। प्रदेशसभामा  जवाफ दिँदै उनले सरकारलाई कानुनी रुपमा वैधताको कुनै समस्या नभएको बताएका थिए। यसअघि लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ साहले जेठ २५ गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। 





  • प्रकाशित मिति : जेठ ३०, २०७८ आइतबार १६:२०:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया