नेपाली कांग्रेसका तर्फबाट पहिलो मुख्यमन्त्री बनेका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीको पहिलो निर्णय नै विवादित बनेको छ ।
आइतबार मुख्यमन्त्रीको कार्यभार ग्रहण गरेसँगै उनले पूर्वमुख्यमन्त्रीलाई सुविधा उपलब्ध गराउने निर्णय गरेका थिए । त्यसका लागि कार्यविधि बनाउने समाचार प्रकाशन भएको थियो ।
झट्ट सुन्दा फरक पार्टीका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका लागि सो योजना ल्याएको जस्तो देखिए पनि मुख्यमन्त्रीले पहिलो निर्णयबाटै आफ्नो भविष्य सुरक्षित गरेको भन्दै आलोचना भएको छ ।
निवर्तमान मुख्यमन्त्री गुरुङले पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त भएसँगै बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए । उनको त्यो भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
गुरुङको सो कदमलाई ‘राजनीतिक संस्कार’ नमुना भन्दै धेरैले प्रशंसा गरेका थिए । कतिपयले नवनियिुक्त मुख्यमन्त्रीले त्यसकै गुन तिरेको भन्दै अर्थ लगाएका छन् भने कतिपयले भने पोखरेललाई आफू धेरै टिक्दिन भन्ने लागेर सुरुमै पूर्वलाई सुविधा दिने निर्णय गरेको भन्दै आलोचना भइरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।