सुशासन, सुपरीवेक्षण र समन्वयमा मन्त्रिपरिषद कार्यालयको ध्यान

नवनियुक्त मन्त्री मोहन बानियाँले सुशासन, सुपरीवेक्षण र समन्वयमा आफ्नो ध्यान केन्द्रित हुने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको जिम्मेवारी पाएका बानियाँले यस्तो बताएका हुन् । 

मन्त्री बानियाँले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सरकारको महत्वपूर्ण केन्द्रीय निकाय भएकाले यसको कार्य र भूमिकालाई थप सशक्त र प्रभावकारी तुल्याइने बताएका छन् ।

गृह प्रदेश कर्णालीका निजामती र सार्वजनिक सेवामा रहेका अधिकृतसँगको परिचयात्मक कार्यक्रममा आइतबार मन्त्री बानियाँले सुशासन, सुपरीवेक्षण र समन्वयमा कार्यालयको ध्यान केन्द्रित हुने बताए ।

मन्त्री बानियाँले आफूले प्रधानमन्त्री कार्यालयअन्तर्गत रहेका ४८ वटा गहन र महत्वपूर्ण जिम्मेवारी पूरा गर्दै प्रमुख विषयमा नतिजामूलक तवरले कार्य सम्पादन गर्ने आफ्नो प्रयास रहने बताए ।

विभिन्न मन्त्रालयसँगको समन्वयमा ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा हासिल गर्नेतर्फ आफ्नो प्रयास रहने मन्त्री बानियाँले बताए । उनले सबैको सरसल्लाहमा आफू अगाडि बढ्ने पनि बताए । 





  • प्रकाशित मिति : जेठ ३१, २०७८ साेमबार ९:३९:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया