गण्डकी प्रदेशका जनमोर्चाका सांसद कृष्ण थापाको सांसद पद सर्वाेच्च अदालतले खारेज गरिदिएको छ । पार्टीको कारबाहीबाट संसद पद गुमाएका थापालाई सा.सदबाट नहटाउन भन्दै जेठ २३ गते सर्वाेच्च अदालतले अन्तरिम आदेश जारी गरेको थियो ।
सोमबार सर्वाेच्च अदालतका न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले थापाको प्रदेशसभा सदस्य पद कायम राख्न गरेको अन्तरिम आदेश खारेज गरेको हो ।
जेठ २३ गते थापालाई सांसद पदबाट नहटाउन सर्वाेच्च अदालतले अन्तरिम आदेश दिएपछि जनमौर्चाले पुनः स्पष्टीकरण सोधी थप फेरि कारबाही गरिएको थियो । सो कारबाही राजनीतिक दल सम्बन्धी ऐन २०७३ अनुसार रहेको ठहर गर्दै थापालाई प्रदेशसभा सदस्यमा कायम राख्न गरिएको अन्तरिम आदेश खारेज गरिएको सर्वाेच्चको आदेशमा भनिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।