माधव नेपाल निवासमा २ घण्टा छलफल गरेर बाहिरिए देउवा र प्रचण्ड

विपक्षी गठबन्धनका तीन नेताबीच सोमबार साँझ छलफल भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा,  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका वरिष्ठ नेता माधव कुमार नेपालबीच नेपाल निवास कोटेश्वरमा छलफल भएको छ ।

छलफल २ घण्टासम्म चलेको र करिब ७ बजेतिर देउवा र प्रचण्ड नेपाल निवासबाट बाहिरिएको देउवानिकट स्रोतले जानकारी दिएको छ । 

स्रोतका अनुसार भेटमा कांग्रेस नेता पूर्णबहादुर खड्का पनि सहभागी थिए । भेटमा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको स्रोतले बताएको छ । ओली विरोधी गठबन्धनमा रहेको एमालेको माधव नेपाल पक्षले प्रदेशमा ओली पक्षलाई दिएको साथको विषयमा पनि कुराकानी भएको स्रोतको दावी छ ।

साथै कर्णालीका सांसदलाई सर्वाेच्च अदालतले गरेको पद बहालीको विषयमा पनि भेटमा छलफल भएको स्रोतले जानकारी दिएको छ । 





  • प्रकाशित मिति : जेठ ३१, २०७८ साेमबार १९:२०:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया