कोटा प्रणाली हट्यो, आजबाट बैंकका सबै शाखा खुल्ने

कोरोना महामारीको दोस्रो लहर बढेपछि बन्द बैंक तथा वित्तीय संस्थाका सबै शाखा आजदेखि खुल्ने भएका छन्।

नेपाल राष्ट्र बैंकले बैंक र वित्तीय संस्थाका कार्यालयका लागि लागु गरेको कोटा प्रणाली हटाएपछि मंगलबारदेखि सबै शाखा खोल्न पाइने  भएको हो।

कोरोना महामारीको चेन ब्रेक गर्न गत वैशाख १६ गतेदेखि उपत्यकामा लागू गरिएको निषेधाज्ञाको समयमा राष्ट्र बैंकले वित्तीय क्षेत्रमा तोकेको कोटा प्रणाली हटाएको हो।

यसअघि राष्ट्र बैंकले उपत्यकामा खुल्ने बैंक, विकास बैंक र फाइनान्स कम्पनीको संख्या तोकेको थियो । राष्ट्र बैंकको नियमअनुसार उपत्यकामा वाणिज्य बैंकका अधिकतम् ६ शाखा, विकास बैंकका ४ र फाइनान्स कम्पनीका ३ शाखा मात्रै खुल्ने गरेका थिए। 

राष्ट्र बैंकले यो नियम हटाएपछि अब सम्बन्धित बैंक तथा वित्तीय संस्थाले आफैं निर्णय गरेर शाखाहरूको काम सुचारु गर्न सक्नेछन्। 





  • प्रकाशित मिति : असार १, २०७८ मंगलबार ९:३७:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया