गोरखामा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् । जिल्लाको आरुघाट नगरपालिका-२ ढोडेनीस्थित ठेटनेरी खोलाले बगाउँदा बदिर्या घर भएका ३८ वर्षीय गोविन्द चोधरी बेपत्ता भएका हुन् ।
चौधरीसहित अन्य दुई साथी साहुको घरमा काम गर्न जाँदै गर्दा खोला तर्ने क्रममा खोलाले बगाएको डिएसपी प्रकाश दाहालले जानकारी दिए ।
चौधरी कामको सिलसिलामा गोरखामा बस्दै आइरहेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।