उपत्यकासहितका पम्पले भोलिदेखि तेल नउठाउने, निगमले दियो कारबाही चेतावनी

कोभिड भ्याक्सिनबारेको विवादलाई लिएर बागमती प्रदेशका पेट्रोल पम्प बन्द हुने भएका छन्। पम्पमा कार्यरत मजदुरलाई कोरोना भाइरसविरुद्धको खोप नदिएको भन्दै पम्पहरुले भोलिदेखि उपत्यकासहित प्रदेशका सबै पम्प बन्द हुने भएका हुन्। 

नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनका कार्यकारी कार्यालय सचिव नारद भण्डारीले फ्रन्टलाइनमा काम गर्ने पम्पका मजदुरलाई खोप नदिएकाले बुधबारदेखि बागमतीका पम्प बन्द हुने बताएका छन्। धादिङबाहेक काठमाडौं, ललितपुर, भक्तपुर र अन्य जिल्लाका सबै पम्प बन्द हुने जानकारी उनले दिएका छन्। 

कोरोनाविरुद्धको खोप नदिएकाले इन्धन ढुवानी गर्ने चालकले आइतबारबाट अवरोध थालेका थिए । बागमती प्रदेशका लागि भारतको बरौनीबाट पेट्रोल र बाराको अमलेखगञ्जस्थित निगमको डिपोबाट डिजेल ढुवानी हुने गरेको छ।

थानकोट प्रादेशिक डिपोबाट पम्पहरूसम्म पेट्रोलियम ढुवानी गर्ने चालकले खोप पाउनु पर्ने भन्दै सेवा रोकेर आन्दोलनमा उत्रिएका छन्।  

सरकारले चैत्र ३१ गतेबाट अग्रपंक्तिमा खटिने सेवा क्षेत्रका सवारी चालक र सह-चालकलाई कोरोनाविरुद्धको खोप लगाएको थियो। त्यसबेला पेट्रोलियम चालक र सहचालकले खोप पाएका थिएनन्। 

निगमको चेतावनी 



तर पेट्रोल पम्प व्यवसायीले तेल नउठाए कारबाही गर्ने चेतावनी नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले दिएका छन्। उनले सबै नागरिकलाई खोप लगाउने अभियान चलिरहेको बताउँदै त्यसको नाममा आन्दोलन अनुचित हुने बताए। उनले उनले आफैं निर्णय गरेर मनपरी शैलीमा तेल नउठाए पम्पहरुमाथि कारबाही हुने बताएका छन्। 

ट्यांकर चालकलाई बुधबारदेखि खोप लगाउने योजना बनिसकेको उनले बताए। ट्यांकर चालकलाई बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा खोप लगाउने कार्यक्रम छ।



  • प्रकाशित मिति : असार १, २०७८ मंगलबार १५:३८:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया