अविरल वर्षाका कारण गुल्मीमा घर भत्किँदा एक जना घाइते

गुल्मीमा अविरल वर्षाका कारण घर भत्किँदा एक जना घाइते भएकी छिन् ।

जिल्लाको इस्मा गाउँपालिका-५ मैदानमा वर्षाले निर्माणधीन घर भत्किँदा २९ वर्षीया जानुका परियार घाइते भएकी जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । 

यसै गरी इस्मा-१ उजुङका छज्ञबहादुर पछाईको घर पनि भत्किएको छ । घर माथिबाट झरेको ढुंगाले घर भत्किएको हो । घर भत्किए पनि मानिसमा भने कुनै क्षति नभएको प्रहरीले बताएको छ । 





  • प्रकाशित मिति : असार १, २०७८ मंगलबार १६:५:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया