कोभिड नियन्त्रणलाई प्राथमिकतामा राख्दै लुम्बिनी प्रदेशले ल्यायो बजेट

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८-०७९ लागि ल्याएको बजेटमा कोरोना नियन्त्रण र स्वास्थ्य पूर्वाधार विकासमा जोड दिइएको छ।

आर्थिक मामिला तथा योजनामन्त्री वैजनाथ चौधरीले प्रदेश सभामा आज बजेट वाचन गरेका हुन्। बजेट बाचन गर्दै उनले कोरोना संक्रमितहरुको निशुल्क उपचारलाई निरन्तरता दिँदै कोरोनाका बिरामीका लागि 'कोभिड फर्स्ट' नीति अपनाइएको बताएका छन्। 

बजेटमा कोभिड-१९ संक्रमितको उपचार गर्न प्रदेशका चारवटा निजी मेडिकल कलेजसँग समन्वय गरिने उल्लेख छ। बजेटमा भैरहवाको युनिभर्सल मेडिकल कलेज, लुम्बिनी मेडिकल कलेज, नेपालगञ्ज मेडिकल कलेज र देवदह मेडिकल कलेजसँग मिलेर गम्भीर बिरामीको उपचार गरिने भएको छ।

आगामी आर्थिक वर्षको बजेटमार्फत प्रदेश सरकारले कोभिड-१९ संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई ५० प्रतिशत भत्ता उपलब्ध गराउनसमेत जनाइएको छ।





  • प्रकाशित मिति : असार १, २०७८ मंगलबार १६:५३:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया