लुम्बिनीको नाारा :  'एक स्थानीय तह एक स्मार्ट कृषि गाउँ', हरेक वडामा कृषि प्राविधिक

लुम्बिनी प्रदेश सरकारले प्रत्येक वडामा कृषि प्राविधिक पुर्‍याउने योजनासहित आर्थिक वर्ष २०७८/७९ को बजेट ल्याएको छ। आर्थिक मामिला तथा योजनामन्त्री वैजनाथ चौधरीले प्रदेश सभामा आज बजेट वाचन गर्दै यस्तो योजना सुनाएका हुन्। 

उनले कृषि प्राविधिक सेवामा किसानको पहुँच कार्यक्रमका लागि ३३ करोड बजेट छुट्याइएको  बताए। चौधरीले कृषि क्षेत्रमा क्रान्ति ल्याउने गरी बजेट छुट्याइएको बताएका छन्। 

चौधरीले प्राविधिक जनशक्ति अभावका  किसानले परम्परागत कृषिको भर परेको बताउँदै प्रत्येक किसान परिवारको कृषि योजना बनाउने गरी वडा तहमै प्राविधिक पुर्‍याउन यो अभियान ल्याइएको बताए। 

त्यसकै लागि कृषि प्राविधिक सेवामा किसान पहुँच कार्यक्रम ल्याइएको अर्थमन्त्री चौधरीले बताए। उनले यो कार्यक्रमले १ हजार ९२ जना कृषि प्राविधिकलाई तयार गर्नेछ। 

प्रदेश सरकारले 'एक स्थानीय तह एक स्मार्ट कृषि गाउँ' कार्यक्रमलाई निरन्तरता दिएको छ। त्यसमा ३५ करोड विनियोजना गरिएको छ। ब्याजमा अनुदान, सहकारी क्षेत्रको लगानीका लागि बजेट व्यवस्था गरिएको पनि चौधरीले घोषणा गरेका छन्। 





  • प्रकाशित मिति : असार १, २०७८ मंगलबार १७:१:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया