सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका नेविसंघ कार्यकर्ता बानेश्वरबाट पक्राउ

नयाँबानेश्वरस्थित निषेधित क्षेत्र नजिकै प्रदर्शनमा उत्रिएका नेविसंघका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। मंगलबार दिउँसो संसद पुनःस्थापना गर, कोरोना खोपको ग्यारेन्टी, विद्यार्थीलाई पढ्ने विकल्प देऊसहितका नारा लगाउँदै प्रदर्शनमा उत्रिएका नेविसंघ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो। 

प्रहरीले प्रदर्शनमा उत्रिएका नेविसंघ नेता मनीष सिंखडा, अन्जनराज खतिवडा, मनीष रायमाझी, सञ्जीव ढकाल, सुवर्ण गौतम, मनीष खड्का र र रमित खड्कालाई पक्राउ गरेर नेपाल पुलिस क्लबमा राखेको छ। 





  • प्रकाशित मिति : असार १, २०७८ मंगलबार १७:३६:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया