सुदूरपश्चिममा प्रदेश पूर्वाधार विकास कार्यक्रमलाई निरन्तरता दिइएको छ । मंगलबार आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाहले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।
प्रदेश पूर्वाधार विकास कार्यक्रमका लागि ९६ करोड बजेट विनियोजन गरिएको छ । सुदूरपश्चिम प्रदेशमा प्रत्यक्षतर्फ ३२ जना प्रदेशसभा सदस्यहरू छन् । एक जना प्रदेशसभा सदस्यलाई ३ करोडका दरले प्रदेश सरकारले बजेट विनियोजन गरेको हो ।
कार्यक्रमको रकम प्रदेशसभा सदस्यहरूले छनोट गरेका क्षेत्रमा खर्च हुँदै आएको छ । यस वर्ष खर्च गर्ने प्रणालीमा भने परिमार्जन गरिने मन्त्री शाहले बताएका छन् । संघीय सरकारले भने यस वर्षबाट सांसदलाई दिइने पूर्वाधार विकास साझेदारी कार्यक्रम खारेज गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।