कर्णाली प्रदेशले सहिदका परिवारलाई स्नातक तहसम्म नि:शुल्क पढाउने

कर्णाली प्रदेश सरकारले जनयुद्ध र प्रदेश प्राप्तिको आन्दोलनमा सहिद भएका परिवारका सन्तानलाई स्नातक तहसम्म नि:शुल्क पढाउने भएको छ । प्रदेश सरकारको आगामी आव ०७८/७९ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले नि:शुल्क अध्ययनका लागि बजेट विनियोजन गरिएको बताए ।

यस्तै प्रदेश सरकारले विद्यालय क्षेत्रको गुणस्तरीय विकासका लागि एक स्थानीय तहमा एक नमुना विद्यालय सञ्चालन गर्ने भएको छ । जसका लागि ३९ करोड ५० लाख बजेट विनियोजन गरिएको मन्त्री शर्माले बताए ।





  • प्रकाशित मिति : असार १, २०७८ मंगलबार १८:१४:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया