शनिबार ल्यान्डमार्कमा मक्युरी विश्वविद्यालयको विशेष कार्यक्रम

काठमाडौं– उच्च शिक्षाका लागि अष्ट्रेलिया जाने तयारी गरिरहेका विद्यार्थीलाई राम्रो विश्वविद्यालय छान्न सहयोग पुर्याउने हेतुले शनिबार ल्यान्डमार्क एजुकेसनले कार्यक्रम गर्दै छ ।

कार्यक्रममा अष्ट्रेलियाको मक्युरी विश्वविद्यालयका दक्षिण एशियाका कन्ट्री म्यानेजर रियासत हुसेनको पनि सहभागिता हुने ल्यान्डमार्कले जनाएको छ ।

अष्ट्रेलियामा कुन कोर्ष पढ्न किन ठीक हुन्छ, कसरी विश्वविद्यालयको छनोट गर्ने तथा मक्युरीमा विद्यार्थीका लागि केकस्ता सुविधा छन् भन्ने जानकारी दिन कार्यक्रम आयोजना गरिएको ल्यान्डमार्कका प्रबन्ध निर्देशक कुमार कार्कीले जानकारी दिए ।

ल्यान्डमार्क एजुकेसनको पुतलीसडकस्थित कार्यालयमा हुने कार्यक्रममा मक्युरी विश्वविद्यालयमा पढाइ हुने विषयमाथि पनि विशेष छलफल हुने कार्कीले जनाए । ‘अष्ट्रेलिया जाने नेपाली विद्यार्थीको संख्या बढ्दो छ तर कतिपय अवस्थामा उनीहरुले सही सुचना पाएका छैनन्,’ कार्कीले भने, ‘सही सुचना पाएर मानसिक रुपमा तयार भएर राम्रा विश्वविद्यालय विद्यार्थी जाने हो भने उनीहरुको करिअरमा ठूलो सहयोग पुग्छ ।’

मक्युरी विश्वविद्यालय संसारका उत्कृष्ट १ प्रतिशत विश्वविद्यालयमध्ये पर्छ । अष्ट्रेलियाका उत्कृष्ट १० विश्वविद्यालयमध्ये पर्ने मक्युरीको आफ्नै रेल स्टेसनसमेत छ । मक्युरीले वर्षेनी १० हजार डलर बराबरको छात्रवृत्ति पनि प्रदान गर्दै आएको छ । 

मक्युरी विश्वविद्यालयमा पढाइ हुने ११ विषय विश्वभरका उत्कृष्ट १०० पाठ्यक्रभित्र पर्छन् । टाइम्स हाइयर एजुकेसनले निकालेको सुचीअनुसार मक्युरी विश्वका उत्कृष्ट ५० विश्वविद्यालयमध्ये एक हो । 



त्यस्तै, फाइनान्सियल टाइम्सका अनुसार एमबिए पढाइ हुने कलेजहरुमध्ये मक्युरी विश्वविद्यालय अष्ट्रेलियाको पहिलो नम्बरमा पर्छ । मक्युरीमा अध्यापनन हुने अर्थशास्त्र, शिक्षा, इन्जिनियरिङ र आइटी, वातावरण, स्वास्थ्य विज्ञान, कानुन तथा अपराध, विज्ञान, समाज, इतिहास तथा भाषा, एमबिए र व्यवस्थापन संकायमा स्नातकोत्तर विश्वमा उत्कृष्ट सय कोर्षहरुभित्र पर्छ । 

सन् २०१७ मा क्युएसले निकालेको सुची अनुसार शिक्षण पद्धति, रोजगारी, अनुसन्धान, अन्तर्राष्ट्रियकरण, सेवा तथा सुविधा, सिर्जना र विशिष्टीकरण गरिएका विषयमा विश्वका सय विश्वविद्यालयमा मक्युरी विश्वविद्यालय पनि पर्छ । 



‘मक्युरीजस्ता राम्रा विश्वविद्यालयमा जाने हो भने त्यहाँको रिसर्च तथा अन्य सुविधा प्रयोग गरेर नेपाली विद्यार्थीले आफ्नो करिअर निकै राम्रो बनाउन सक्छन्,’ कार्कीले भने, ‘यी सबै जानकारी दिन हामीले शनिबारको कार्यक्रम आयोजना गरेका हौँ ।’
 

  • प्रकाशित मिति : असोज ४, २०७५ बिहीबार ११:४७:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया