कास्कीमा खहरे खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको माछापुच्छ्रे गाउँपालिका-१ की एक महिलाको मृत्यु भएको हो ।
उक्त महिलाको शव घटनास्थलबाट २५ मिटर तल भेटिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले घटनाको बारेमा अनुसन्धान गरिरहेको छ ।
मनसुन भित्रिएसँगै जिल्लाका विभिन्न नदीमा पानीकाे सतह बढेकाे छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।