१९ घन्टादेखि टापुमा फसेका चार जनालाई सशस्त्र प्रहरीले गर्‍याे उद्धार

विगत १९ घन्टादेखि दाङस्थित राप्ती नदी बीचको टापुमा फसेका ४ जना व्यक्तिलाई सशस्त्र प्रहरी बलले बुधबार बिहान उद्धार गरेको छ ।

जिल्लाको लमही नगरपालिका- ७ हसनापुर र राजपुर गाउँपालिका- २ बेला स्थित राप्ती नदीको बीच टापुमा हिजो दिउँसो २ बजेबाट फसेकाहरूको आज उद्धार गरिएको हो । 

टापुको दुबैतिर राप्तीको नदी बग्ने र बीचमा रहेको टापुमा दिउँसो बस्तु चराउन पुगेका उनीहरू अविरल वर्षासँगै राप्तीमा बाढी आएपछि करिब ५० वटा गाइबस्तुसँगै अलपत्र परेका थिए । 

उद्धार गरिएका व्यक्तिहरू लमही ७ बस्ने वर्ष ४८ का मन्सराम चौधरी, राजपुर २ बस्ने वर्ष ५० की साबित्री यादव, सोही ठाउँ बस्ने वर्ष २६ का राधेश्याम यादव र राजपुर ३ बस्ने वर्ष २५ का गणेश यादव रहेका छन् ।

राति ९ बजे उनीहरू फसेको जानकारी आए पनि  रातको समयमा  पानीको अत्यधिक बहावका कारण उद्धारमा कठिनाइ भएको थियो ।

आज बिहानै सशस्त्र प्रहरी बल नम्बर २९ ज्वालामाइ  गणबाट सशस्त्र प्रहरी उपरीक्षक टोपबहादुर खनाल  र नम्बर ४१ रिजर्भ गण चन्द्रौटा कपिलवस्तुबाट सशस्त्र प्रहरी उपरीक्षक यादव विश्वकर्माको कमान्डमा गएको विपद व्यवस्थापन सहितको टोलीले ९ बजे चारै जनाको उद्धा गरी घर पठाएको छ । उनीहरूले चराउन लिएर गएका गाईवस्तु चाहिँ सोही टापुमा रहेका छन् ।





  • प्रकाशित मिति : असार २, २०७८ बुधबार १२:२६:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया