माधव पक्षीय नेताहरुलाई बाँस्कोटाको प्रश्न : कुन रोटी बेल्न झलनाथको विज्ञप्तिमाथि प्रश्न खडा गरेको?

नेकपा (एमाले) का नेता गोकुलप्रसाद बास्कोटाले वरिष्ठ नेता झलनाथ खनाललाई शान्तिपूर्ण रुपमा उपचार गर्न दिनुपर्ने बताएका छन्। पूर्व मन्त्रीसमेत रहेका बास्कोटाले  खनाललाई रोगमाथि विजय प्राप्त गर्न हौसला दिनुपर्नेमा जोड दिएका छन्। 

नेता खनाल मिर्गौलाको उपचारका लागि खनाल उपचारको लागि बुधबार भारतको नयाँ दिल्ली पुगेका छन्। त्यहाँस्थित एपोलो अस्पतालमा उपचार सुरु भएको दिल्लीस्थित नेपाली राजदूत नीलाम्बर आचार्यले बताएका छन्। 

दिल्ली उड्नुअघि खनालले पार्टी एकताको लागि गम्भीर हुन नेताहरुलाई अपिल गरेका थिए। उनले विनाको बाटोमा नजान आग्रह गर्दै मिलेर अघि बढ्नुपर्नेमा जोड दिएका छन्। 
उनले उनको वक्तव्यलाई लिएर माधव नेपाल पक्षधर नेताहरु विजय पौडेल र जगन्नाथ खतिवडासहितले हस्ताक्षर दुरुपयोग गरिएको भन्दै प्रश्न उठाएका थिए । त्यसलाई लिएर नेता बाँस्कोटाले यस्तो टिप्पणी गरेका हुन्।

'कमरेड झलनाथ खनाललाई शान्तिपूर्वक उपचार हुन देऊ। उहाँलाई रोगमाथि विजय प्राप्त गर्न हौसला दिने हो', उनले भनेका छन्, 'तनावपूर्ण राजनीतिमा झोस्नु सर्वथा गलत। अझ उहाँका खास मान्छे दाबी गर्नेले पार्टीको प्रमुख र देशको प्रधानमन्त्री भइसकेको नेताको विज्ञप्तिमाथि कुन रोटी बेल्न प्रश्न खडा गरेका होलान् ?अचम्म !'





  • प्रकाशित मिति : असार २, २०७८ बुधबार २१:५२:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया