बाढीले पूर्वी नवलपरासीमा बन्दै गरेको एक पुल बगाएको छ । बौदीखोलामा आएको बाढीले बौदीकालीमा निर्माणाधीन पुल बगाएको हो । पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिकाको वडा नं १ र २ जोड्ने गरी सेरामा बनाइँदै गरको पुलका संसचना बाढीले बगाएको हो ।
प्रदेश सरकारबाट बिनियोजित बजेट तीन करोड ५० लाखको लागतमा पुल बन्दै थियो । पुलको काम अन्तिम चरणमा रहेका बेला पुलको स्ल्याब र बिम बगाएको हो ।
पुलको बिहीबार ढलान गर्ने तयारी थियो । बाढीले बगाएपछि लाखौँको नोक्सानी भएको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।