मध्यपहाडी लोकमार्ग अन्तर्गतको पर्वत-बागलुङ सडकखण्ड सुचारु
फाइल फाेटाे

मध्यपहाडी लोकमार्ग अन्तर्गतको पर्वत-बागलुङ सडकखण्ड सुचारु भएको छ । 

केही दिन अगाडि पर्वतको कुश्मा नगरपालिका-१ सहस्रधारामा पहिरो झर्दा सडक अवरुद्ध भएको थियो । अवरुद्ध सडक आज (बिहीबार) बिहानबाट सञ्चालनमा आएको छ । 

निरन्तर वर्षा भइरहँदा पहिरो खसिरहने भएकाले बाटो खुलाउन सकिएको थिएन । गए राति भने वर्षा रोकिँदा सडक खुलाउन सकिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । 

सडक  सडक खुलेसँगै अलपत्र परेका सवारी साधन गन्तव्यतर्फ लागिरहेका छन् । 
 





  • प्रकाशित मिति : असार ३, २०७८ बिहीबार ८:५८:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया