जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै

जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्ने भएको छ । 

बैठक जसपाको केन्द्रीय कार्यालय ललितपुरस्थित बालकुमारीमा आज (बिहीबार) बिहान ११ः३० बजे बस्नेछ । बैठक जसपाका अध्यक्ष उपेन्द्र यादवले बोलाएका हुन् । बैठकमा राजनीतिक परिस्थिति बारेमा छलफल गरी महत्वपूर्ण निर्णय लिइने बताइएकाे छ । 

कार्यकारिणी समितिका सबै पदाधिकारीहरूलाई बैठकमा सहभागी हुन भनिए तापनि महन्थ राजेन्द्र समूहका पदाधिकारी भने सहभागी नहुने भएका छन्।

पछिल्लो  समयमा जसपामा विवाद बढेको छ । जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा गएपछि ठाकुर र महन्थबीच विवाद बढेको हो । 
 





  • प्रकाशित मिति : असार ३, २०७८ बिहीबार ९:१८:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया