यी ६ देशमा सरकारले खुलायो हवाई उडान

सरकारले नेपाली श्रमिकहरु धेरै आवातजावत गर्ने थप ६ वटा देशमा हवाई उडान खुला गर्ने निर्णय लिएको छ। कोभिड-१९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बुधबार साँझ बसेको बैठकले यस्तो निर्णय लिएको हो। 

प्रधानमन्त्री एवम् समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा बसेको बैठकले नेपाली श्रमिक अधिक संख्यामा देशमा हवाई उडान खुलाउने निर्णय लिएको हो। 

बैठकले टर्की, कतार, साउदी अरेबिया, युएई , जापान र मलेसिया जस्ता देशहरुमा हवाई उडान पुनः संचालन गर्ने निर्णय गरेको हो। यी देशहरुबाट सातामा दुई हजार यात्रु नबढ्ने गरी हवाई उडान सञ्चालन गरिने भएको छ।





  • प्रकाशित मिति : असार ३, २०७८ बिहीबार १२:१:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया