देशका कुन-कुन जिल्लामा निषेधाज्ञा जारी ? कुन-कुनमा हटाइयाे ?

दोस्रो लहरको कोरोना संक्रमण बढेसँगै वैशाख १३ गतेबाट विभिन्न जिल्लामा निषेधाज्ञा जारी भएको थियो । 

निषेधाज्ञा जारी भएपनि संक्रमणमा कमी नआएपछि विभिन्न जिल्लाले निषेधाज्ञा थप्दै आएका छन् । 

अहिले पनि ७५ जिल्लामा निषेधाज्ञा जारी भइरहेको छ ।  जसमध्ये ७३ जिल्लामा पूर्ण र दुई जिल्लामा आंशिक रूपमा निषेधाज्ञा जारी भएको छ । मुस्ताङ र ताप्लेजुङमा भने आंशिक रूपमा निषेधाज्ञा गरिएको मन्त्रालयले जानकारी दिएको छ । 

निषेधाज्ञा जारी नभएका जिल्ला खोटाङ र मनाङ हुन् । दुबै जिल्लामा संक्रमण र मृत्युदरमा कमी आएपछि निषेधाज्ञा हटाइएको हो । 

हालसम्म नेपालमा ६ लाख ४० हजार ४ जनामा कोरोना संक्रमण देखिएको छ भने ८ हजार ८९७ जनाले ज्यान गुमाएका छन् ।


 





  • प्रकाशित मिति : असार ४, २०७८ शुक्रबार ९:३३:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया