कोरोना भाइरसबाट विश्वभर ३८ लाख ४० हजारभन्दा धेरैको मृत्यु

जोन्स होप्किङ युनिभर्सिटीका अनुसार कोरोना भाइरसबाट विश्वभर ३८ लाख ४० हजार ७०४ जनाको मृत्यु भएको छ । 

यसै गरी विश्वभर कोरोना संक्रमित हुनेको संख्या १७ करोड, ७३ लाख ६९ हजार ६५९ रहेका छन् । 

संक्रमित र मृत्यु दुबैका हिसाबले अमेरिका पहिलो स्थानमा रहेको छ । अमेरिकामा हालसम्म ६ लाख ९३४ जनाले ज्यान गुमाइसकेका छन् भने ३ करोड ३५ लाख ८ हजार ८२५ जनामा संक्रमण पुष्टि भएको छ ।

अमेरिकापछि ब्राजिलमा ज्यान गुमाउनेको संख्या धेरै रहेको छ । ब्राजिलमा हालसम्म ४ लाख ९६ हजार ४ जनाले ज्यान गुमाएका छन् । संक्रमितका हिसाबले भने ब्राजिल तेस्रो स्थानमा रहेको छ । ब्राजिलमा हालसम्म १ करोड ७७ लाख २ हजार ६३० जनामा संक्रमण पुष्टि भइसकेको छ ।

भारतमा हालसम्म ३ लाख ८१ हजार ९०३ जना संक्रमितको मृत्यु भएको छ भने २ करोड ९७ लाख ३१३ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्ला केही दिनयता भने भारतमा संक्रमणदर र मृत्युदर घट्दै गइरहेको छ ।

यसैगरी मेक्सिकोमा २ लाख ३० हजार ७९२, पेरुमा १ लाख ८९ हजार ७५७, बेलायतमा १ लाख २८ हजार २०९, इटालीमा १ लाख २७ हजार १९० र रुसमा १ लाख २५ हजार ८५३ जनाको ज्यान गएको छ । 
 





  • प्रकाशित मिति : असार ४, २०७८ शुक्रबार १०:५६:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया