मलाई अबको प्रधानमन्त्रीको रूपमा कल्पना गर्न सक्नुहुन्छः प्रचण्ड

काठमाडाैं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्ड पछिल्लाे समय निकै व्यस्त हुन थालेका छन् ।  भदौ २१ गते पाँचदिने भ्रमणका लागि भारत गएका प्रचण्ड त्यहाँबाट फर्केलगत्तै चीन भ्रमणमा गएका थिए । उनी चारदिने भ्रमणका लागि भदौ ३१ गते चीन गएका थिए । 

आकस्मिक रूपमा भएको प्रचण्डको दुई देशको भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ । देशभरि प्रधानमन्त्री केपी शर्माको आलोचना भइरहँदा भविष्यको प्रधानमन्त्रीको रूपमा हेरिएका प्रचण्डलाई अहिले नै प्रधानमन्त्री बन्न हतारो भएको हो कि भन्ने शंका पनि गर्न थालिएको छ । उनले भारत भ्रमणमा रहदाँ ‘द प्रिन्ट’ पत्रिकालाई दिएको अन्तवार्तामा पनि यसको केही रहस्य खुलेको छ ।

द प्रिन्टका पत्रकार ज्योति मलहोत्रासँग कुरा गर्दै प्रचण्डले भने, ‘देश आर्थिक समृद्धिमा केन्द्रित भएको छ, र मलाई अबको प्रधानमन्त्रीको रूपमा तपाईं कल्पना गर्न सक्नुहुन्छ ।’

अन्तर्वार्ताका क्रममा प्रचण्डलाई सुरुमै अहिलेका प्रधानमन्त्रीसँग नेतृत्वको विषयमा सहमति भएको हाे ? भनेर सोधिएको थियो । 

‘केही सहमति भएको हो,’ प्रचण्डले जवाफ दिए, ‘हामीबीच वैचारिक, राजनीतिक र रणनीतिक सहमति भएको हाे,’ उनले प्रतिप्रश्न गरे, ‘यदि यस्तो सम्झौता हुँदैनथ्यो भने यी दुई पार्टीबीच कसरी एकीकरण हुन सक्थ्यो ?’

अबको प्रधानमन्त्रीको रूपमा तपार्इंलाई लिन सकिन्छ ? भन्ने प्रश्नमा प्रचण्डले तपार्इं कल्पना गर्न सक्नुहुन्छ भन्ने जवाफ फर्काएका थिए । लामो समयपछि शक्तिशाली सरकार पाएको बताउँदै उनले अहिले सरकार परिवर्तन गर्ने समय नभएको बताएका थिए ।



‘नेपालमा राजनीतिक स्थिरता कायम गर्नुपर्नेछ,’प्रचण्डले भने, ‘हामी आर्थिक समृद्धिमा केन्द्रित हुन चाहन्छौं, प्रधानमन्त्री अहिले हाम्रो इस्यु होइन ।’

प्रचण्डको प्रधानमन्त्री बन्ने चाहनाका बारेमा नेपालमा पनि केही चर्चा सुनिन थालेकाे छ । पार्टीको अध्यक्ष साढे दुई/दुई वर्ष बन्ने भन्ने नेकपाका अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच भद्र सहमति भएको थियो ।



‘तपाईंहरूबीच पालाेपालाे सरकार चलाउने सहमति भएको हो ?’ भन्ने प्रश्नमा प्रचण्डले आफूहरूबीच सहमति भएर नै केपी ओलीले सरकारको नेतृत्व गरेको बताए । अहिले देश आर्थिक समृद्धिमा केन्द्रित हुनुपर्ने भएकाले यस्तो विषयमा नअल्झिने प्रचण्डले पनि उनले जानकारी दिए ।

  • प्रकाशित मिति : असोज ५, २०७५ शुक्रबार १०:४५:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया