पृथ्वी सुब्बा गुरुङले नयाँ मुख्यमन्त्रीलाई भने-'तपाईलाई विश्वासको मत दिन्न भन्न गाह्रो भो'

गण्डकी प्रदेशसभामा आज नवनियुक्त मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलले विश्वासको मत लिँदै छन् । अहिले सभामा पोखरेलले मागेको विश्वासको मतको प्रस्तावमा छलफल चलिरहेको छ । 

यही छलफलमा काम गर्ने क्रममा पूर्व मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मुख्यमन्त्री  पोखरेलको व्यक्तित्वको प्रशंसा गरेका छन् । उनी परिपक्क, सालिन व्यक्ति भएको र  र लोकतान्त्रिक आन्दोलनमा गौरवपूर्ण इतिहास बनाएका गोवर्द्धन पोखरेलका छोरा भएकाले उनलाई मत दिन्न भन्न अप्ठेरो भएको गुरुङले बताएका हुन्।  

‘५९ जना मध्येको एउटा परिपक्व नेता, सालिन व्यक्तित्व, लोकतान्त्रिक आन्दोलनको गौरवपूर्ण परिवारबाट राजनीतिमा आउनुभएको व्यक्तिलाई म विश्वासको मत दिन्न भन्न मलाई गाह्रो भो’ गुरुङले भने । 

तनहुँको गोवर्द्धन पोखरेल भनेपछि कृष्णचन्द्रका बुबा अहिलेको पुस्ताले नचिने पनि पुरानो पुस्तामा निकै लोकप्रिय नाम भएको गुरुङको भनाइ छ । 

तर उनले आफूलाई व्यक्तिगत भन्दा पनि गण्डकी प्रदेशको सरकारलाई विश्वासको मत मागेकाले आफू र आफ्नो दलले मत नदिने उनले जानकारी दिए । 

एमाले संसदीय दलको नेता रहेका गुरुङले अहिलेको गठबन्धन सैद्धान्तिक धरातलमा नभएको अवसरवादी हरुको गठबन्धन भएको आरोप लगाए । 



गुण र दोषका आधारमा सरकारको समर्थन र विरोध गर्ने उनले बताए।



  • प्रकाशित मिति : असार ४, २०७८ शुक्रबार १४:३८:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया