आधिकारिकता दाबी गर्दै निर्वाचन आयोग पुगे बाबुराम-उपेन्द्र

जनता समाजवादी पार्टीको आधिकारिकता दाबी गर्दै पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई फेरि निर्वाचन आयोगमा पुगेका छन् । 

नेताहरु अशोक राई र राजेन्द्र श्रेष्ठसहित जसपाको बाबुराम-उपेन्द्र समूह आयोगमा पुगेका हुन् । यसअघि जसपामा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्ष र उपेन्द्र-बाबुराम पक्षले एकले अर्कोलाई कारबाही गरेको भन्दै आयोगमा विवरण पठाएका थिए । 

जसमा आयोगले जसपामा दुई अध्यक्ष भएको र ५१ सदस्य रहेको कार्यकारी समिति नै आधिकारिक रहेको निर्णय गरेको थियो । सोही अनुसार उपेन्द्र-बाबुराम पक्ष आयोगमा आफ्नो बहुमत दाबीसहित आधिकारिकताका लागि पुगेको हो ।





  • प्रकाशित मिति : असार ४, २०७८ शुक्रबार १५:३४:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया