थप २७६८ जनामा कोरोना संक्रमण, ४४ जनाको मृत्यु

देशभर पछिल्लो २४ घण्टामा थप २ हजार ७६८ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७६८ जनामा कोरोना भाइरसको नयाँ संक्रमण पुष्टि भएको हो । 

पछिल्लो २४ घण्टामा गरिएको ७ हजार ५६९ नमुना परीक्षणमा २ हजार ७६८ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर कुल कोरोना संक्रमितको संख्या ६ लाख १५ हजार ९८४ जना पुगेको छ । 

पछिल्लो २४ घण्टामा मात्रै ४ हजार २० जना संक्रमणमुक्त भएका मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट ४४ जनाको निधन भएको छ । 





  • प्रकाशित मिति : असार ४, २०७८ शुक्रबार १७:४७:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया