मैदान बाहिर पनि रोनाल्डोको कीर्तिमान
फरकधार / ५ असार, २०७८

फुटबलका धेरै कीर्तिमान आफ्नो नाममा गराएका पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले मैदान बाहिर पनि नयाँ कीर्तिमान कायम गरेका छन् । 



अहिले युरोकपमा व्यस्त रोनाल्डो सामाजिक सञ्जाल इन्स्टाग्राममा ३०० मिलियन फलोवर्स पाउने पहिलो व्यक्ति तथा खेलाडी बनेका छन् ।

बढी फलोवर्स पाउने खेलाडीको सूचीमा दोस्रो स्थानमा रहेका रेस्लर तथा कलाकार ड्वेन जोनसन (द रक) लाई २४६ मिलियनले फलो गरेका छन् ।

अर्जेन्टिनाका कप्तान लियोनल मेसी २१९, ब्राजिलका नेइमार १५२ र भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली १२८ मिलियन फलोवर्सका साथ तेस्रोदेखि पाँचौँ स्थानमा छन् ।



३६ वर्षीय रोनाल्डो समाजिक सञ्जालमा ५०० मिलियनभन्दा बढी फलोवर्स हुने पहिलो खेलाडी पनि बनेका छन् ।

रोनाल्डोलाई इन्स्टाग्राम, फेसबुक र ट्विटमा ५०० मिलयनभन्दा बढीले फलो गरेका हुन् । 

  • प्रकाशित मिति : असार ५, २०७८ शनिबार ११:५:३५,   अन्तिम अपडेट : असार ५, २०७८ शनिबार ११:७:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया