दाङमा सर्पको डसाइबाट एक बालिकाको मृत्यु भएको छ । जिल्लाको गढवा गाउँपालिका-७ विजयपुर निवासी १२ वर्षीया रेश्मा बोहोराको मृत्यु भएको हो ।
सर्पको डसाइबाट अचेत भएकी रेश्मालाई उपचारका लागि गढवा सर्पदंश उपचार केन्द्रमा लगिएको थियो । त्यहाँबाट उनलाई थप उपचारका लागि लमही अस्पताल पुर्याइयो । अस्पतालमा ल्याउने बित्तिकै उनलाई चिकित्सकहरूले मृत घोषणा गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।