प्यालेस्टाइनले रद्द गर्यो इजरायलसँगको 'भ्याक्सिन डिल'

प्यालेस्टाइनले इजरायलसँगको कोरोना विरुद्धको खोपको सम्झौता रद्द गरेको छ । इजरायलले अमेरिकी फाइजर कम्पनीको खोप उपलब्ध गराउनका लागि गरिएको सम्झौता रद्द भएको हो ।

इजरायलसँग रहेको फाइजरको खोप प्यालेस्टाइनमा पठाउनका लागि इजरायलले प्यालेस्टाइनसँग सम्झौता गरेको थियो । तर, प्यालेस्टाइनका स्वास्थ्य अधिकारीहरुले उक्त खोप प्रभावकारी नभएको भन्दै सम्झौता रद्द गरेका हुन् । 

इजरायलसँग भएको फाइजरको खोपको प्रयोग अवधि सकिन लागेको र त्यसको प्रभाव नहुने भएकाले प्यालेस्टाइनले सम्झौता रद्द गरेको समाचार संस्था अलजजिराले लेखेको छ ।

आपसी दुस्मनी बढिरहेका बेला इजरायली खोप सहयोग लिएको विषयमा प्यालेस्टाइनका जनताले अधिकारीहरुका चर्को आलोचना गरेका थिए । जानकारहरुले उक्त खोपको प्रभाव नभएकाले लिन नहुने पनि बताएका थिए । 

प्यालेस्टाइन पुगेको पहिलो ब्याच ९० हजार डोज फाइजर खोपको परीक्षणपछि इजरायलले दिएको खोप सम्झौतामा उल्लेख भएको मापदण्डअनुसार नभएको प्रमाणित भएको थियो । जसअनुसार सम्झौता रद्द गरिएको प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

सम्झौतामा उल्लेख गरिएको मापदण्ड अनुसारको खोप प्राप्त नभएपछि प्यालेस्टाइनका प्रधानमन्त्री मोहम्मद सात्येहले स्वास्थ्यमन्त्री माई अल काइलालाई इजरायलसँगको सम्झौता रद्द गरेर प्राप्त भएको खोपको मात्रा पनि फिर्ता गर्नका लागि निर्देशन दिएका थिए । 





  • प्रकाशित मिति : असार ५, २०७८ शनिबार १२:१९:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया