गण्डकीमा टुङ्गियो मन्त्रालयको भागबण्डा

गण्डकी प्रदेशमा मन्त्रिपरिषद विस्तारका लागि सत्तारुढ गठबन्धनमा भागबण्डा टुङ्गिएको छ । सत्तारुढ गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीमा मन्त्रालयको बाँडफाँट भएको हो । 

सत्तारुढ गठबन्धनमा नेपाली कांग्रेसले मुख्यमन्त्रीसहित ४ मन्त्रालय, माओवादी केन्द्रले ४ मन्त्रालय, जसपाले २ मन्त्रालय तथा स्वतन्त्र चुनाव जितेका दिपक मनाङेले एउटा मन्त्रालय पाएका छन् । 

सत्तारुढ गठबन्धनलाई समर्थन गरेको जनमोर्चा भने सरकारमा सहभागी नहुने भएको छ । यसअघि कांग्रेसका तर्फबाट मुख्यमन्त्रीमा कृष्ण चन्द्र नेपाली पोखरेलले विश्वासको मतसमेत लिइसकेका छन् । 

नेकपा एमालेका पृथ्वी सुब्बा गुरुङ विश्वासको मत लिन असफल भएपछि गण्डकीमा एमाले बाहेकको सरकार बनेको हो । गण्डकीमा मन्त्रालयको भागबण्डा मिले पनि कुन मन्त्रालयमा कसलाई जिम्मा दिने भन्ने विषयमा दलहरुले टुङ्गो लगाउन सकेका छैनन् । 





  • प्रकाशित मिति : असार ५, २०७८ शनिबार १४:८:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया