महाकालीमा बहाव बढ्दा कञ्चनपुरको दोधारा र भीमदत्तका दुई गाउँ डुवानमा

अविरल वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढ्दै गएको छ । दार्चुलाको लिम्पियाधुरादेखि हिमाल, पहाड, चुरे भावर भएर कञ्चनपुरको तटीय क्षेत्रमा बग्ने महाकाली नदीमा पानीको सतह बढेसँगै आसपासका खोलानाला र निर्माणाधीन चार लेनको पक्की पुलका संरचनामा समेत क्षति पुर्‍याएको छ । 

महाकाली नदीमा पानीको बहाव बढेसँगै भीमदत्त नगरपालिका १२ ऐरी स्थित नदी थुनिएर १०-१२ घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता अमरबहादुर थापाले बिहानको तुलनामा दिउँसो महाकाली नदीमा बहाव बढ्दै गएको जानकारी दिए । उनका अनुसार बिहान १ लाख ७५ हजार क्युसेक पानी रहेको महाकालीमा दिउँसो बढेको छ । बाढी जोखिमयुक्त क्षेत्रमा प्रहरी टोली तयारी अवस्थामा रहेको उनले बताए ।

नदीमा पानीको बहाव बढेसँगै निर्माणाधीन चारलेनको महाकाली पुलको संरचना भत्काएको छ । दोधाराका स्थानीय सञ्चारकर्मी खडक रावलले नदीको सतह बढेसँगै पक्की पुल जोड्ने सडक भत्काएको बताए । सुदूरपश्चिमका पहाडी जिल्लामा साता दिनदेखि लगातार पानी परिरहेको छ ।





  • प्रकाशित मिति : असार ५, २०७८ शनिबार १४:५६:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया