रेखा थापाको प्रश्न : कुन राप्रपा हामी सबैको राप्रपा हो ?

चर्चित अभिनेत्री रेखा थापाले राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय विषेश समितिमा समावेशिता नभएको विषयलाई व्यङ्ग्य गर्दै कुन राप्रपा सबै जनाको राप्रपा हो भन्ने प्रश्न गरेकी छन् । 

थापाले सामाजिक सञ्जालमार्फत राप्रपाको विषयमा विभिन्न प्रश्नहरु सोधेकी छन् । उनले केन्द्रीय विषेश समितिका सदस्यहरुको नामावलीसहित विभिन्न प्रश्न गरेका हुन् । 

खासगरी थापाले राप्रपाको दुई अवस्थाको चित्रण गर्दै कुन राप्रपा सही हो भन्ने आशयमा प्रश्न गरेकी छन् । समावेशी र मौलिक राप्रपा कि बहिष्कणरमा रुमल्लिएको राप्रपा भन्ने उनको प्रश्न छ । 

थापा लेख्छिन्, 'कुन चाँही राप्रपाले देश हाँक्ने हो ? त्यो राप्रपा जस्ले देशमा को को मान्छे बस्छन् थाहा पाएको हुन्छ, न्युनतम लैङ्गिक साक्षरता राख्छ, मौलिक वैचारिक नमुना पेस गर्छ, सभ्यताको माग अनुसार इतिहासलाई उन्नत व्याख्या गर्छ, युवा र श्रमिक वर्गमा स्थापित हुँदै जान्छ र संस्थालाई लोकतान्त्रिकरण गर्छ ।' 

उनले थप लेखेकी छन्, 'वा त्यो राप्रपा जो महिलालाई बहिष्करणको नमुना देखाउँछ, मजदुर, किसान, श्रमिक  र युवासँग डराउँछ, विरासतको रुपमा राजनीतिलाई कोठे बनाउँछ, बहसमा उत्रिँदैन, सम्झौतावादी राजनीति गर्छ, अवैज्ञानिक रुपमा पार्टी सन्चालन गर्छ, आत्म सुरक्षाभन्दा अरु सोच्दैन र सधैं रक्षात्मक सोचले ग्रस्त हुन्छ, जनप्रिय मान्छे लत्याउने र आर्थिक हैसियतमा निर्णय गर्दछ ।'

यससँगै थापाले वैकल्पिक शक्ति बन्ने राप्रपा कुन हो भन्ने प्रश्न गरेकी छन् । पार्टीका शीर्ष नेताहरुलाई ट्याग गरिएको उनको स्टाटसमा कुन चाँही राप्रपा मौलिक रुपमा सबैको पार्टी हो भन्ने प्रश्न उठाइएको छ । 



थापाको प्रश्न छ, 'कुन चाँही राप्रपा उदाउँदो राप्रपा हो ? कुन चाँही राप्रपा नाम मात्रको पार्टी हो ? कुन चाँही राप्रपा व्यवहारमा बयस्क र रिटायर्डहरुको सरोकार समूह मात्र हो ? कुन राप्रपा हामी सबैको राप्रपा हो ?'



 

  • प्रकाशित मिति : असार ५, २०७८ शनिबार १५:१३:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया