आफूनिकट केन्द्रीय सदस्यलाई देउवाको ब्रिफिङ : सभापतिमा म दोहोरिन्छु

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पार्टी सभापति पदका लागि आफू उम्मेदवार रहने बताएका छन् । देउवाले आफू सभापतिमा दोहोरिन लागेको बताएका हुन् । 

सभापति देउवाले आफूनिकट केन्द्रीय सदस्य तथा नेताहरुसँग छलफलको क्रममा शनिबार पार्ट सभापतिमा आफू उम्मेदवार रहने बताएका हुन् । उनले आफ्नो नेतृत्वमा पार्टीलाई पहिलो बनाउनका लागि आफू दोहोरिने बताएका हुन् । 

देउवाले आगामी भदौ १६ देखि १९ गतेसम्मलाई तोकिएको पार्टीको महाधिवेशनमा आफू सभापतिको उम्मेदवार रहने बताएका हुन् । बुढानिलकण्ठमा नेताहरुलाई बोलाएर छलफल गरेका देउवाले आफू उम्मेदवार रहने जानकारी दिएका हुन् ।

संशोधित कार्यतालिका अनुसार नै महाधिवेशन हुने र त्यसमा आफू सभापतिमा दोहोरिने देउवाले नेताहरुलाई बताएका छन् । आफ्नो नेतृत्वमा पार्टीले लोकप्रिय मत ल्याएको भन्दै देउवाले आगामी निर्वाचनमा आफ्नै नेतृत्वमा पार्टीलाई पहिलो बनाउने पनि बताएका छन् । 

आफ्नो नेतृत्वमा आगामी चुनावमा कांग्रेसलाई पहिलो पार्टी बनाएर सरकारको नेतृत्व गर्ने देउवाले नेताहरुलाई बताएका छन् । उनले आफूले सरकारको नेतृत्व गरेर देशलाई कांग्रेसको बाटोमा लैजाने बताएका हुन् । 

देउवासँग छलफलका लागि सहमहामन्त्री सुनिल थापा, नेताहरु ज्ञानेन्द्र बहादुर कार्की, मीन विश्वकर्मा, डा. डिला संग्रौला, सुजाता परियार, सीता गुरुङ, बाबुराम बस्नेत लगायत बुढानिलकण्ठ पुगेका थिए । 





  • प्रकाशित मिति : असार ५, २०७८ शनिबार १६:२०:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया