ब्राजिलमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ लाख नाघ्यो

ब्राजिलमा पछिल्लो २४ घन्टामा थप २ हजार २४७ कोरोना संक्रमितको ज्यान गएको छ । यससँगै ब्राजिलमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ लाख ८०० पुगेको छ।

बितेका केही सातादेखि ब्राजिलमा दैनिक औसतमा  दुई हजार कोरोना संक्रमितले ज्यान गुमाइरहेका छन् । 

हालसम्म ब्राजिलमा कोरोना भाइरसबाट १ करोड ७८ लाख ७३ हजार ७५० जनामा संक्रमण पुष्टि भइसकेको छ । 

ब्राजिलको सरकारले कोरोना रोकथाम तथा नियन्त्रणमा लापरबाही गरेको भन्दै आलोचना खेपिरहेको छ । ब्राजिलमा कुल जनसंख्याको ११ प्रतिशतले मात्र कोरोना विरुद्धको खोप लगाएका छन् ।


 





  • प्रकाशित मिति : असार ६, २०७८ आइतबार ९:३७:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया