निषेधाज्ञाबारे निर्णय गर्न उपत्यकाका तीन सिडिओको बैठक बस्दै
फाइल तस्बिर

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाका विषयमा छलफल गर्न तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दैछ । आज साँझ बस्न लागेको बैठकमा उपत्यकामा जारी निषेधाज्ञाका विषयमा छलफल हुनेछ । 

ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले आज साँझतिर तीनै जिल्लाका प्रजिअ बीचमा छलफल हुन लागेको बताए । ‘आज छलफल मात्र हुनेछ । भोलि बिहान बसेर निर्णय गर्छौँ । निषेधाज्ञा थप सहज गर्ने गरी छलफल भइरहेको छ’, प्रजिअ निरौलाले भने । 

केही दिन अगाडि बसेको निर्देशक समितिको बैठकले स्मार्ट लकडाउन गर्ने विषयमा निर्णय गरेको थियो । सोही समितिको निर्देशन अनुसार नै उपत्यकाको निषेधाज्ञाका विषयमा थप छलफल हुने प्रजिअ निरौलाले बताए । 

काठमाडौं उपत्यकासहित देशभरका विभिन्न जिल्लामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ । निषेधाज्ञाका कारण अत्यावश्यकबाहेकका सेवा र व्यापार रोकिएका छन् ।





  • प्रकाशित मिति : असार ६, २०७८ आइतबार ११:५९:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया