कैलालीमा टिप्परले ठक्कर दिँदा एककाे मृत्यु

कैलालीमा टिप्परले ठक्कर दिँदा एक जनाकाे मृत्यु भएको छ । 

जिल्लाको शुक्लाफाँट नगरपालिका-१०, झलारीका रामबहादुर साउँदको मृत्यु भएको हो ।

शनिबार बेलुका धनगढी उपमहानगरपालिका-३ बोराडाँडीमा म १ ब ९६६८ नम्बरको टिप्परले उनी सवार से १ क ६८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।

घाइते भएका साउँदलाई उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पतालमा लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

साउँदले झलारीमै एला आयुर्वेद सञ्चालन गर्दै आइरहेका थिए । 





  • प्रकाशित मिति : असार ६, २०७८ आइतबार ११:५९:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया