घाइते किशोरीको हेलिकप्टरबाट उद्धार

भिरबाट लडेर घाइते भएकी बाजुरा बुढीनन्दा नगरपालिका-१ बस्ने १६ वर्षीया ललिता गिरीको पाँच दिनपछि उद्धार गरिएको छ । चार दिनदेखि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गराइरहेकी किशोरीको थप उपचारका लागि काठमाडौँ लग्ने तयारी भए पनि प्रतिकूल मौसमका कारणले आइतबार मात्र उद्धार हुन सकेको हो । किशोरीको मनाङ एयरको हेलिकप्टरमार्फत काठमाडौँ लगिएको प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले बताए । 

आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदूरपश्चिम प्रदेशले किशोरीलाई उद्धारका लागि हेलिकप्टर पठाएको बताइएको छ । गाउँ नजिकै रहेको रुपासैनी भिरमा घाँस काटिरहेका बेला बुधबार साँझ लडेर ललिता गम्भीर घाइते भएकी हुन्  । उनलाई तत्काल आफन्तले बोकेर कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्‍याएका थिए ।





  • प्रकाशित मिति : असार ६, २०७८ आइतबार १२:३०:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया