तीन भलिबल खेलाडीलाई बन्द प्रशिक्षणमा पठाउन पुलिसद्वारा अस्वीकार

नेपाल पुलिस क्लबले नेपाल महिला भलिबल प्रशिक्षणमा आफ्ना तीन खेलाडी नपठाउने भएको छ । पुलिसले कामना विष्ट, शान्तिकला तामाङ र पुनम चन्दलाई बन्द प्रशिक्षणमा नपठाउने भएको छ । 

आगामी भदौ १३ देखि २० गतेसम्म फिलिपिन्समा आयोजना हुन लागेको एसियन भलिबल च्याम्पियनसिप भलिबल प्रतियोगिता सञ्चालन हुँदैछ । उक्त प्रतियोगिताका लागि असार १ गतेबाट खेलाडीलाई बन्द प्रशिक्षणमा राखी प्रशिक्षण सुरु गरिएको छ । 

प्रशिक्षणका लागि नेपाल भलिबल संघले ३० जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको थियो । ३० जनामध्ये पुलिस क्लबबाट ७ जना खेलाडी परेका थिए । ७ जना खेलाडी छनोट भएकामध्ये पुलिसले ३ जना खेलाडी नपठाउने भएको हो ।

पुनम चन्द नेपाली भलिबल टोलीमा एक महत्वपूर्ण स्थान ओगटेकी खेलाडी हुन् । उनले नेपालले १३ औं सागमा रजत पदक जित्दै गर्दा नेपालको भलिबल टोलीमा रही महत्वपूर्ण खेल प्रदर्शन गरेकी थिइन् । 

त्यस्तै कामना विष्ट भने चोटका कारण टोली बाहिर थिइन् । यसै बन्द प्रशिक्षणबाट टोलीमा आगमन गर्न लागेकी कामनालाई पनि पुलिसले बन्द प्रशिक्षणमा नपठाउने भएको हो । शान्तिकला भने बन्द प्रशिक्षणमा पहिला परेकी तर मुख्य टोलीमा नपरेकी खेलाडी हुन् ।  
 





  • प्रकाशित मिति : असार ६, २०७८ आइतबार १४:४६:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया