सिन्धुपाल्चाेककाे बस्ती उठाउन कलाकारको समिति गठन

बाढीबाट प्रभावित सिन्धुपाल्चोकको बस्ती पुनर्निर्माणका लागि कलाकारहरूको समिति गठन गरिएको छ । स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ र सिन्धुपाल्चोकका जनप्रतिनिधि सहभागी बैठकले अभिनेता कृष्ण मल्लको नेतृत्वमा समिति गठन गरेको हो ।

गठित समितिले सिन्धुपाल्चोकको बाढीपहिरो प्रभावित क्षेत्रमा भत्किएका संरचनाको पुनर्निर्माणका लागि कोष स्थापना गरेर सहायतालाई आह्वान गर्नेछ । बाढीले बगाएको बस्तीलाई सुरक्षित स्थानमा सार्न, भत्किएका विद्यालय र पुलको पुनर्निर्माण गर्न कलाकारहरूले औद्योगिक घराना, गैरआवासीय नेपाली र आफ्ना फ्यानहरूलाई आह्वान गर्ने भएका छन् ।

‘हामीले बैंकमा कोष खडा गर्छौँ र सबै पक्षलाई दान गर्न आह्वान गर्नेछौँ ’, कृष्ण मल्लले भने । 

पुनर्निर्माणका लागि आवश्यक जग्गा र प्राविधिक सहयोग सरकारले गर्ने स्वास्थ्यमन्त्री तामाङले प्रतिबद्धता जनाएका छन् । तत्काललाई राहतभन्दा पनि दीर्घकालीन रूपमा अघि बढ्ने अभिनेता मल्लले बताएका छन् ।

समितिमा जितु नेपाल, चेतन सापकोटा, श्वेता खड्का, कृष्ण ढुंगाना लगायतका कलाकार रहेका छन् । बस्ती पुनर्निर्माणका थप योजनाका लागि आगामी १० गते बैठक बस्ने भएको छ ।





  • प्रकाशित मिति : असार ६, २०७८ आइतबार १४:५९:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया