प्रचण्डलाई किन भेटे दीपक मनाङेले ?

गण्डकी प्रदेशका मन्त्री दीपक मनाङे (राजीव गुरुङ)ले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन्। 

मनाङेले प्रचण्डसँग भेटको तस्बिर सार्वजनिक गर्दै पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको दाबी गरेका छन् । मनाङेले प्रचण्डलाई उनकै निवासमा गएर भेट गरेका हुन् । भेटको तस्बिरमा प्रचण्डपुत्री गंगा दाहाल पनि सँगै देखिएकी छिन् ।

गण्डकी प्रदेशका स्वतन्त्र सांसद मनाङे पछिल्लो राजनीतिक समीकरणमा सरकार निर्माणमा निर्णायक बनेका थिए । मनाङबाट जितेका उनलाई यसअघिका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दुईपटक प्रदेश सरकारको मन्त्रीमा नियुक्त गरेका थिए । 

केही समयअघि सम्पन्न गण्डकी प्रदेशको नयाँ मुख्यमन्त्री चयनमा उनले विपक्षी गठबन्धनका उम्मेदवार कांग्रेस नेता कृष्णचन्द्र नेपाली पोखरेललाई साथ दिएका थिए । 

पोखरेलले पनि उनलाई मन्त्री बनाएका छन् । कुनै पनि मन्त्रीको कार्यविभाजन भने भएको छैन । 





  • प्रकाशित मिति : असार ६, २०७८ आइतबार २०:५:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया