एलिनाको यस्तो रहर

पछिल्लो समय राम्रै माग भएकी गायिका हुन् – एलिना चौहान । ‘इन्स्ट्राको फोटो’ गाएर चर्चामा आएकी यी गायिकाका लागि अघिल्लो वर्षबाट सुरु भएको लकडाउन शुभ सावित भयो । यही बेला गाएको ‘के माया लाग्छ र ?’बोलको गीतले उनको जीवनले नयाँ बाटो पहिल्यायो ।

त्यसपछि उनी पछिल्लो समयकी सबैभन्दा व्यस्त गायिका बन्न पुगिन् । उनलाई थुप्रै अवसरहरुले पछ्याइरहे । उनी हिट गायिकाको लिस्टमा दर्ज भइन् । उनै गायिका एलिनाले आइतबार आफ्नो २२औँ जन्मदिन मनाएकी छिन् । उनले आफ्नो जन्मदिन कपनस्थित ‘अन्र्तदृष्टि नेपाल बालआश्रम’मा मनाएकी छिन् ।

उनले आश्रममा रहेका बालबालिकालाई लत्ताकपडा वितरण गरेकी छिन् । बालबालिकासँग केक काटिन्, मिठाइ बाँडिन र खुसी साटिन् । बालबालिकासँग खुसी साट्दै एलिनाले अहिलेको सफलता आफूले नसोचेको सफलता पाएको बताइन् ।  यो सफलताले आगामी दिनमा आफूलाई अझैं राम्रो गर्न हौसला मिलेको सुनाइन्। 

सामाजिक कार्यमा पनि निक्कै रुची राख्ने एलिनाले केही सामाजिक काम गर्ने रहर रहेको धारणा राखिन् । उनले आफूले कमाएको पारिश्रमिकको केही रकम समाज सेवामा खर्च गर्ने रहर रहेको सुनाइन्।

उनले प्रत्येक पटक पाएको पारिश्रमिको केही रकम छुट्ट्याएर राखी ६ महिना १ वर्षमा सामाजिक काममा खर्चिने सोच बताइन। स्रोता दर्शकको मायाले नै आफूले यो स्थान बनाएको भन्दै उनीहरुको दुःखमा सकेको सहयोग गर्नु आफ्नो कर्तव्य उनको भनाइ छ।





  • प्रकाशित मिति : असार ७, २०७८ साेमबार १२:५३:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया